Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाका ३ जिल्लामा मत गणना जारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । विभिन्न जिल्लाहरुमा आइतबार सम्पन्न भएकाे आम निर्वाचनको मतगणना सुरू भएको छ ।

आज साेमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको हाे । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँ बजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । ४ स्थानमा मतगणना सुरू गरिएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाएको छ ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । मत गणना स्थललाई सुरक्षित बनाउन तारजाली लगाइएको छ। यस्तै ललितपुरका क्षेत्र नम्बर २ र ३ तथा भक्तपुर क्षेत्र नम्बर २ को मतगणना पनि सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ को मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भइरहेको छ । काठमाडौं क्षेत्र नं १ को मत गणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गर्ने तयारी भइरहेको छ ।

क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलिस्थित राधाकृष्ण मन्दिरमा गर्न लागिएको छ । क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना गर्न लागिएको छ । त्यस्तै क्षेत्र नं.५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नं.६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा र क्षेत्र नं.७ को बालाजुस्थित जुडो हलमा मतगणना गर्न लागिएको छ ।

क्षेत्र नं. ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं. ९ को रविभवनस्थित नाथम् कलेजमा र क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी भइरहेको छ । उता, कास्की २ र झापाको क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु गरिएको छ । निर्वाचन आयोगले यस पटक प्रत्यक्षतर्फ र समानुपातिक गरी ४ वटै मतपत्रको गणना एकसाथ गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४