Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ४ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल आज (आइतबार) बाट कतारमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक बतारले लेटिन अमेरिकी प्रतिद्धन्दी इक्वेडरसँग खेल्ने भएकाे हाे । साेही खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने भएकाे छ । त्यसअघि ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ । यस पटकको विश्वकपलाई ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने अन्तिम प्रतियोगिताको रुपमा हेरिएको छ ।

यसपछि सन् २०२६ मा हुने विश्वकप फुटबलमा ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सहभागि टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स रहेका छन् ।

यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड, समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया, समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।

कतार विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४