Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकदेखि डेढ दिनभित्र मत परिणाम प्रकाशित गर्ने आयोगको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । निर्वाचनको मिति नजिकिंदै जाँदा आम मतदाता तथा उम्मेदवारमा मत परिणामको खुल्दुली हुने गर्छ । स्थानीय निकायको चुनावमा मत परिणाम सुन्न हप्तौंसम्म कुर्नुपरेको विगत भोगेका आम मतदाता यसपटक भने छिटो छरितोसँग मत परिणाम सुन्न व्यग्र छन् । निर्वाचन आयोग मत गणना छिटो गर्न सम्पूर्ण स्रोत साधनको उपयोग गरिने प्रतिवद्धता व्यक्त गर्दछ ।

निर्वाचन आयागले सुगम स्थानमा मतदान सकिएको साँझ देखिनै मत गणना गर्ने जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनको जस्तो अवस्था नआउनेमा आयोगले आम मतदातालाई अस्वस्त गराएको छ । स्थानीय तहमा एउटै मतपत्र गन्न दुईदेखि २० मिनेटसम्मको समय लागेकोले ढिलो भएको आयोगले जनाएको थियो । तर प्रतिनिधि तथा प्रदेशसभाको मतपत्रमा धेरै ठूलो नभएकोले मत गणना झन्झटिलो नहुने र परिणाम पनि छिटो आउनेमा आयोग विश्वस्त छ । स्थानीय तहको जस्तो मत परिणाम प्राप्त गर्न त्यति ढीलो नहुने छिटो प्राप्त हुने निर्वाचन आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्याल बताउनुहुन्छ । उहाँले कुनै प्रकारको विवाद भएन भने एक देखि डेढ दिनभित्र परिणाम आउने बताउनुभयो ।

प्रतिनिधि तथा प्रदेशसभाको मत एकै पटक गणना गरे पनि सुरुमा प्रतिनिधि सभा तर्फको मत परिणाम प्रकाशित गर्ने आयोगको तयारी छ । मतदाता तथा उम्मेदवारलाई प्रदेशभन्दा प्रतिनिधिसभातर्फ मतको बढी चासो हुने भएकोले आयोगले सुरुमा प्रतिनिधि सभातर्फको मत परिणाम प्रकाशित गर्ने छ । त्यस्तै, दोस्रोमा प्रदेशसभाको मत परिणाम र त्यसपछि समानुपातिक तर्फको मत परिणाम प्रकाशित गर्ने जनाइएको छ ।

पछिल्ला केही वर्षयता निर्वाचन नजिकिँदै जाँदा नेपालमा विद्युतीय मतदान यन्त्रको प्रयोगबारे चर्चा हुने गरेको छ । तर आम रूपमा भने यसको प्रयोग हालसम्म हुन सकेको छैन । नेपालको निर्वाचन निकै महँगो हुँदै गएकोले उक्त यन्त्रको प्रयोगले समय र लागत दुबै घटाउन सक्ने अनुभव सबैलाई भएपनि राजनीतिक ईच्छाशक्तिका कारण सफल हुन सकेको छैन ।

मतदानमा स्वच्छ, निष्पक्ष तथा छिटो र मत गणनामा समयनै नलाग्ने भएपनि विद्युतीय मतदानमा कसैको चासो नदेखिनु आफैंमा उदेकलाग्दो हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४