Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कालो चश्मा लाऊ भन्छ’ : डोल्माले किर्गिस्तानको कन्सर्टमा गाएको गीत जब भाइरल बन्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १ २०७९
  • 7.3K
    SHARES

कालो चस्मा लाऊ भन्छ

पिरती लाउने आऊ भन्छ

मैले तिम्लाई रोजेको

तिम्ले कसलाई खोजेको

एक सातादेखि यो गीत टिकटकमा भाइरल बनिरहेको छ । सर्वसाधारणदेखि सेलिब्रिटीले लिपसिंक गर्दै यो गीतमा सयौं टिकटक बनाएका छन् ।

एकाएक भाइरल बनेको यो गीत यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा बढी सुनिने गीतमध्ये पर्छ, जसलाई मंसिर ४ को चुनावी हल्लाले समेत प्रभावित तुल्याएको छैन ।

तीन दशकदेखि कलाकारिता गरिरहेकी डोल्मा ह्योल्मोको आवाजमा बुनिएको यो गीत कसरी बन्यो ? यो गीतको चर्चा र भ्युजले गायिका ह्योल्मोलाई समेत छक्क बनाएको छ । अहिलेसम्म यो गीतलाई युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ भने सयौंले टिकटक भिडियो बनाएका छन् । यो गीत निर्माण पछाडिको रचना गर्भ पनि रोचक नै छ ।

खासमा किर्गिस्तानमा भएको एक सांस्कृतिक कार्यक्रमका लागि डोल्माले गीत तयार पारेकी थिइन् । उनले त्यहाँ स्टेजमा गाएको भिडियोले नै युट्युबमा १५ लाखभन्दा बढी भ्युज पाएको छ ।

दुई महिनाअघि रेकर्ड भएको यो गीतको भिडियो रिलिजलगत्तै डोल्मा पुनः एकपटक चर्चामा छिन् । टिकटक पुस्ताले उनीसँग सम्बन्ध गाँस्ने अवसर पाएको छ ।

‘विदेशस्थित कार्यक्रममा जाँदा एउटा न एउटा गीत लैजाने मेरो बानी छ । किर्गिस्तानको कार्यक्रमका लागि यो गीत तयार पारेकी थिएँ । तर यति हिट र भाइरल बन्ला सोचेको समेत थिइनँ,’ डोल्मा सुनिइन् ।

आखिर कालो चस्मा नै किन ? डोल्माको कथन छ, ‘यो गीत दर्शकको लागि बनाएकी हुँ । कोट जाडोको लागि लगाइन्छ । खुट्टामा काँडा बिझ्छ भनेर जुत्ता लगाइन्छ । कालो चस्मा सबैलाई काम लाग्छ । दृष्टिविहीन, घामले डढेकोदेखि हिउँले खाला भनेर लगाइन्छ । सबैलाई मिल्ने भएकाले यो गीत हिट भएको हो ।’

यो गीत हिट भएपछि ‘कालो चस्मा लाऊ भन्छ-२’ पनि बनाउने सोचमा रहेको डोल्माले जानकारी दिइन् । ‘मान्छे उमेर बढ्दै गए पनि बच्चा जस्तो हुँदै आउँछ । चस्मा सबै उमेर समूहको लागि पनि हुन्छ । मेरो उमेर बढी भए पनि चस्मा मलाई पनि काम लाग्ने कुरा हो,’ उनले भनिन् ।

कहिले त म त अमेरिका

कहिले त म त जापान

त्यसैले त भेटै नभएको

डोल्माको अघिल्लो यो गीत भाइरल नभए पनि राम्रै चर्चा बटुल्यो । कुन गीत भाइरल बन्छ, त्यो कसैलाई थाहा हुँदैन । स्वयं डोल्मालाई पनि चस्माको गीत भाइरल बन्छ भनेर थाहा थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४