Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १ २०७९
  • 1.8K
    SHARES

काठमाडौ । आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ ।

अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनकाे प्रचारप्रसार गर्न पाउने छैनन् । बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेकाे छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

बिहिबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनकाे प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइएमा ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४