Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुनै उम्मेदवार पुगेनन् हरिकृष्णसँग भोट माग्न


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 1.9K
    SHARES

काठमाडौं । आफ्नै खेतीपातीमा सधै व्यस्त रहने काभ्रेका हरिकृष्ण धौब दलका नेताहरु प्रति बितृष्णा जागेपनि मताधिकारको उपयोग गर्ने सोचमा छन् । चुनावले छोपिसक्दा पनि कुनै उम्मेदवारले आफूसँग भोट नमागेको उहाँ गुनासो गर्नुहुन्छ । कसैले भोट नमागेपनि आफूलाई चित्त बुझ्ने नेतालाई भोट दिने हरिकृष्णको सोच रहेको छ ।

यस क्षेत्रका अधिकांश मतदाता खेतीपातीमा व्यस्त हुन्छन । माटोमै रमाउनु उनीहरुको दैनिकी हो । बाली राम्रो हुँदा किसानको दैनिकी सहज हुने हुँदा उनीहरुको पहिलो र अन्तिम माग भनेकै मल हो । जसलाई जिताएर पठाएपनि आपतविपतमा सहारा नपाउनुको पीडा त छँदै छ । मलको आवश्यकता छ मल दिने व्यक्ति चाहेको गीता थापा बताउनुहुन्छ ।

नाला निवासी केही मतदाता उम्मेदवारहरुको तालतालको शैलीलाई नजिकबाट नियालिरहेका छन् । हेर र पर्खको नीति लिएर उनीहरु मतदान गर्ने पक्षमा छन् । आफनै खेतबारीमा काममा व्यस्त बनेपा निवासी अष्टकाजी श्रेष्ठलाई चुनाव भन्दा पनि आफनो पेशामा खेप्नु परेको हैरानीले चिन्तित बनाउँछ । मल नपाउँदाको समस्यामा कसैको पनि आँखा जार्दैन । भोटका लागि मात्र मतदाता कहाँ पुग्ने नेताको व्यवहार देखि अष्टकाजी गुनासो छ ।

चुनावी प्रचारका आ-आफ्ना दुःख छन् । मतदाता उम्मेदवारलाई गुनासो सुनाउन आतुर छन् । उम्मेदवारलाई सीमित समयमा धेरै मतदाता भेट्ने चटारो छ । नेतालाई आफ्नो कठघरामा उभ्याउन पाइने यो अवसर मतदाता भरपूर उपयोग गर्न चाहान्छन् । काभ्रेका ग्रामीण मतदाता कृषि कर्मलाई सहज बनाइदिने जनप्रतिनिधिको खोजीमा छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ६ पदको छिनोफानो हुने २ वटा क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६४ जना उम्मेदवार चुनावी मैदानमा रहँदा यहाँकै मतदाताले उनीहरुको भविष्य निर्धारण गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४