Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनी हृदयघातका कारण निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 5.2K
    SHARES

एजेन्सी । दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ ।

उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई सोमबार राती १ बजे आकस्मिक विभागमा ल्याइएको थियो र त्यसपछि हृदयघातका कारण उनको मृत्यु भएको हो ।अभिनेता महेशले २ महिनाअघि आमा गुमाएका थिए । कृष्णा एक प्रसिद्ध तेलुगु अभिनेता थिए। उनको जेठा छोरा रमेश बाबुको पनि लामो समयदेखि कलेजोको रोगले यस वर्ष जनवरीमा निधन भएको थियो ।

कृष्णले करिब ३ सय ५० फिल्ममा काम गरेका थिए । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए । उनलाई सन् २००९ मा पद्मभूषण पदकबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४