Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा छायांकन गरिएको ‘उचाई’ को दुई दिनको कमाई कति ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 4.2K
    SHARES

एजेन्सी । नेपालमा छायांकन गरिएको सूरज बडजात्याद्वारा निर्देशित फिल्म ‘उचाई’ ले दुई दिनमा झण्डै साढे ५ सय करोड करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

भारतीय संचार माध्यमका अनुसार दुई दिनमा फिल्मले ५.४५ करोड आम्दानी गरेको छ । पहिलो दिनको कलेक्सन करिब १.२ करोड भारतीय रुपैयाँ गरेको थियो भने दोस्रो दिन झण्डै शतप्रतिशत बृद्धि गर्दै ३.६४ करोड भारतीय रुपैयाँ कमाएको हाे । अहिले फिल्मले दुई दिनको कमाई सहित कूल ५. ४५ करोड भारतीय रुपैयाँ व्यापार गरेको छ।

फिल्मलाई लिएर दर्शकमाझ राम्रो प्रतिक्रिया आएको छ । सीमित स्क्रिनमा रिलिज भए पनि अरू फिल्महरूको सङ्कलनभन्दा फिल्मको प्रदर्शन राम्रो देखिएको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

छापाका विश्लेषक तरण आदर्शले आफ्नो सामाजिक सञ्जालमा फिल्मको दुई दिनकाे कमाइ शेयर गर्दै लेखेका छन्, ‘बक्स अफिसमा पनि उचाइ बढ्दै गएको छ।’

यो फिल्म भारत बाहेक अन्य देशमा पनि करिब ३सय ५० स्क्रिनमा रिलिज भइसकेको छ । सूरज बडजात्याको निर्देशनमा बनेको बहुस्टार फिल्म ‘उचाई’ नोभेम्बर ११ मा रिलिज भएको हो ।

फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, ​​अनुपम खेर र ड्यानी डेनजोङपाको मित्रता देखाइएको छ । फिल्ममा नीना गुप्ता र सारिका र परिणिती चाेपडाको पनि मुख्य भूमिका छ । फिल्मको कथा चार साथीको छ, जसमध्ये एकको मृत्यु भएपछि बाँकी तीन साथीले सगरमाथा चढ्ने योजना बनाएका छन् ।

अब, यो आरोहणको पछाडि आउँने सघर्ष र चुनौतीहरूलाई आधार बनाएर फिल्मको कथा बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४