Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको चुनाबमा २ हजार ५ सय सुुरक्षा फौज परिचालन हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 3K
    SHARES

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण र मतदातामैत्री बनाउनका लागि रामेछाप जिल्लामा करिब २ हजार ५ सय सुरक्षाकर्मि खटिने भएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला भरि रहेका ९६ मतदान स्थल र २ सय २६ वट मतदान केन्द्रको सुरक्षाका लागि उक्त संख्यामा सुरक्षा फौज खटिन लागेको हो ।

रामेछापका केहि मतदान स्थलहरुमा सुरक्षा ब्यवस्थामा कमि आउन सक्ने भन्दै जिल्ला सुरक्षा समितिलेले मतदान केन्द्रको सुरक्षाका लागि यति ठुलो संख्यामा सुरक्षा फौज परिचालन गर्ने ब्यवस्था मिलाएको रामेछापका प्रहरि प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो । यसका लागि जिल्ला सुरक्षा समितिले कतिपय मतदान स्थलको निरिक्षण तथा अनुगमन गरि त्यहाँको स्थलगत अबस्थाका बारेमा पनि जानकारी लिंईरहेको पनि प्रमखु थिङले बताउनु भयो ।

जसमा ७ सय प्रहरि,१ हजार १ सय जना म्यादि प्रहरि र बाँकि संख्यामा ससस्त्र पहरि र नेपाली सेना परिचालन गर्नै गरि आबश्यक मापदण्ड सहित उनिहरुलाई सम्बन्धित मतदान केन्द्रको सुरक्षाका लागि खटाई सकेको छ । यसै विच जिल्लाको सुरक्षा अबस्थालाई बेच्न बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य रामेछापको सुरक्षा अबस्थाको बारेमा छलफल गरि हेटौडा फर्कनु भएको छ ।

उहाँले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग भेटर मतदान स्थलको सुरक्षा जिल्लाको सुरक्षा तयारी र अबस्थाका बारेमा पनि जानकारी लिनु भएको थियो । उहाँले निर्वाचनलाई सफल पार्नका लागि कुनै पनि कसुर बाँकी नराख्न र अनुशासित र मर्यादित भएर काम गर्न रामेछाप प्रहरी र मातहतका निकायलाई निर्देशन दिनु भयो ।

सो अबसरमा उहाँले निर्वाचनलाई ध्यानमा राखेर तीन तहको सुरक्षा योजना र कार्यान्वयनका बारेमा पनि स्पष्ट पार्नु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४