Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकताको फिल्मबाट निकालिइन् दिशा पटानी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 5.3K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिएकी छन् ।

दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो ।

लकडाउन पछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय गरिन् । एकताले यो फिल्मका लागि तारा सुतारिया र श्रद्धा कपूरसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

दिशाले एकतासँग विभिन्न विषयमा शर्त राखेकी थिइन् । लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन् । ‘केटिना’ एकताको वास्तविक जीवनमा आधारित फिल्म हो । त्यही कारण यसका लागि सबै कुरा उत्कृष्ट चाहन्छिन् ।

विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४