Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचित भएपछि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको गुनासो मतदाताको छ ।

काँठक्षेत्रको मतदाताहरू मलखाद र कृषिमा सुविधा दिए ठूलो गुन लाग्ने बताउँछन् । केही मतदाता आफूले आश गरेकै जनप्रतिनिधिबाट पटक पटक पीडा व्यहोर्नुपरेको गुनासो गर्छन ।

यस क्षेत्रबाट धेरैलाई आफूहरूले निर्वाचित गराएपनि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो छ । उनीहरू हरेक पटक आफूहरूले आश गरेका नेताबाट जहिल्यै निराशा खेप्नु आफ्नो बाध्यता भएको बताउँछन् ।

काँठक्षेत्रका बासिन्दाको प्रमुख आयश्रोत खेतीपाती भएकोले यसपटक जनप्रतिनिधिहरूले इमान्दारपूर्वक बाटो मर्मत र रासायनिक मलको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने चाहना छ ।

काठमाडौ निर्वाचन क्षेत्र ३ आलापोट निवासी माधव पुडासैनी दम्पतीले आफ्नो जीवनकालमा धेरै पटक मतदान गर्नुभएको छ । सामान्य खेतीपाती गर्ने उहाँहरुलाई यो पटक निर्वाचित हुने नेताहरुबाट आश शून्य जस्तै छ ।

यो भन्दा अन्य दिनहरूमा आफ्नो अमूल्य भोट दिएर निर्वाचित बनाएका नेताहरुले देश र जनताका लागि सिन्को भाँच्न सफल नभएको तर्क उहाँको छ । तर पाँच बर्षपछि आएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भोट हाल्न जाने बताउँदै उहाँलाई यो पटक त ‘नो भोट’ को विकल्प भएपनि हुन्थ्यो भन्ने लागेको छ ।

त्यसो त उम्मेद्धवारहरू शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो लगायतका एजेण्डा बाँड्दै हिँडिरहेका छन् । मतदाता सपना विपनामा परिणत हुनुपर्ने इच्छा प्रकट गर्छन् ।

यो चुनावसँगै मतदानलाई एकदिने चाड मात्र हैन, नेपाल– नेपालीको भविष्य अभ्युदयको साईतका रूपमा रहोस् भन्ने आम मतदाताको चाहना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४