Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २० २०७९
  • 1.8K
    SHARES

निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । डा. झाले सप्तरी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको छ ।

निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ । स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी

कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’
स्पष्टीकरणमा आयोगको पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई वा आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४