Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो ।

सोमबार आयुक्त भण्डारीले आयोगमा १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नुभयो । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४