Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 5.5K
    SHARES

एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् ।

प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा रिलिज नहुने तर, २०२३ को गर्मिको समयमा प्रदर्शन हुने छ । चलचित्रको टिजर सार्वजनिक भएदेखि नै कलाकारहररूको आवरणलाई लिएर विवाद सुरु भएको थियो । यो चलचित्र रामायणको कथामा आधारित भएकाले कलाकारहरूले रामायणका वास्तविक पात्रहरूको भन्दा फरक अवतार प्रस्तुत गरेकाले चलचित्रका कलाकारहरूको लुकसँग दर्शकहरू सहमत थिएनन्। जसका कारण भारतीय दर्शकहरू चलचित्र बहिष्कार गर्न माग गरिरहेका थिए।

यस चलचित्रमा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्सलाई लिएर पनि विवाख चर्किएको थियो । रावणको अवतारमा खानलाई निकै फरक देखाइएको छ । टिजरमा रावणको अवतारमा खानको कपाल छोटो छ, वास्तविक रामायणका रावण भन्दा उनको लुक फरक छ । उनले कालो रंगको पोशाक लगाएका छन् । त्यसैगरी पुष्पक विमानको सट्टा उनलाई चमेरो जस्तो प्राणीमा उडिरहेको देखाइएको छ । रावणको रुपमा खानको निधारमा न तिलक छ न त्रिपुण्ड छ ।

भारतीय सञ्चार माधयमका अनुसार यस्तै, विविध कारणले गर्दा चलचित्रको प्रदर्शन मिति परिर्वतन गरिएको हो । विविदका कारण चलचित्रमा ठुलो फेरबदल गर्न निर्माण पक्षले समय लिएको समाचारमा उल्लेख गरिएको छ ।

‘आदिपुरुष’लाई बलिउडको अहिलेसम्मकै महँगो चलचित्र मानिएको छ । फिल्मको बजेट ५ सय करोड भारतीय रुपैयाँ रहेको छ । प्रभास र सैफसँगै कृति सेनन र सन्नी सिंह पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४