Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो ।

४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ । त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाई अबदेखि यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४