Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्र बैंकद्वारा दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधनका लागि मस्यौदा तयार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 2.5K
    SHARES

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताअनुसार दैनिक तरलता सुविधा लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधनका लागि मस्यौदा तयार पारेको छ ।

राष्ट्र बैंकले सुरक्षणपत्र धितो राखेका आधारमा दैनिक तरलता सुविधा दिने गरेको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले वैधानिक तरलता अनुपातबाट अनिवार्य नगद मौज्दात घटाएपछि कायम हुने रकमको २५ प्रतिशतसम्म दैनिक तरलता सुविधा पाउने व्यवस्था थियो ।

एकपटक कायम भएको दैनिक तरलता सुविधा सीमा थपघट वा स्थगित हुने अवस्थामा बाहेक आर्थिक वर्षभर कायम रहने व्यवस्था छ । हरेक आर्थिक वर्षका लागि वित्तीय संस्थाले निवेदन दिई पुनः आफ्नो नयाँ सीमा कायम गर्नुपर्ने व्यवस्था छ ।

प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले विगत कारोबारको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गर्नुपर्नेछ । जसका आधारमा धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गर्नुपर्ने उल्लेख छ ।

दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेस गर्नुपर्नेछ । यैबीच सुरक्षणपत्र धितो राखिएबापत धितो व्यवस्थापन खाता पूर्ण सीमामा नल्याए अतिरिक्त ब्याज लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले चालू कार्यदिनको दैनिक तरलता सुविधा फिर्ता गर्ने अवधिभित्र धितो व्यवस्थापन खाता पूर्ण सीमामा ल्याउन नसकेमा अतिरिक्त ब्याज लाग्ने मस्यौदामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा रहेको ग्राह्य सुरक्षणपत्र धितो लिई सोका आधारमा संस्थाका नाममा बैंकमा खोलिने स्वीकृत सुविधा सीमासहितको धितो व्यवस्थापन खाताको व्यवस्था गरिएको हुन्छ । दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खाता राष्ट्र बैंकको बैंकिङ विभागले खोलिदिन्छ ।

दैनिक तरलता सुविधाबापत उपयोग गर्न सक्ने अधिकतम सुविधा सीमा र अवधिका लागि वित्तीय संस्थाले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागसँग सम्झौता गर्छन् । यस्तो खातालाई पूर्ण रूपमा सीमामा नल्याएमा ब्याज लगाउने व्यवस्था प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४