Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोनाल्ड ट्रम्पलाई उपस्थित हुन आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गतवर्ष अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दंगाको अनुसन्धान गरिरहेको एउटा संसदीय समितिले सांसदहरूसमक्ष बयान दिनेगरी उपस्थित हुन आदेश दिएको छ ।

ट्रम्पलाई सम्बोधन गरेर पठाइएको उक्त आदेशमा कुनै अमेरिकी राष्ट्रपतिले निर्वाचन उल्ट्याउन गरेको पहिलो र एकमात्र प्रयासको केन्द्रमा भएको तथा उक्त क्रियाकलाप गैरकानुनी,असंवैधानिक भएको कुरा ट्रम्पलाई जानकारी रहेको उल्लेख छ ।ट्रम्पका एक वकिलले उक्त संसदीय समितिका सदस्यहरूलाई मापदण्डहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले उक्त छानबिनको आलोचना गर्दै आफूलाई दिइएको आदेशलाई डेमोक्र्याटिक पार्टीको शासनको आपत्बाट मतदाताको ध्यान अन्यन्त्र मोड्ने चाल भएको टिप्पणी गर्नुभएको छ ।

अर्को महिना अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । संसदीय समितिले नोभेम्बर ४ भित्र दस्तावेजहरू बुझाउन र नोभेम्बर १४ को दिन वा त्यसको आसपास बयान दिन उपस्थित हुनैपर्ने भनेको छ ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्न उक्साएको भन्दै उक्त संसदीय समितिले छानविन गरिरहेको छ । ट्रम्प समर्थकहरूले संसद् भवनमा तोडफोड गर्दै र हुलदंगा मच्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४