Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्याराग्लाइडिङ उडानमा किन लाग्यो प्रतिबन्ध ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा दुर्घटना भयो र एक खेलाडीको मृत्यु भयो । लगत्तै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । अहिलेसम्म प्याराग्लाइडिङ उडानको व्यवस्थापनमा चासो नदिएको प्राधिकरण एकाएक यस्तो निर्णयमा किन पुग्यो त ? प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘प्याराग्लाइडिङ उडानबारे अहिलेको ऐन, नियम, प्रावधान तथा उडान सुरक्षाको अवस्थाको समीक्षा गर्ने उडानमा रोक लगाएका हौं ।

प्याराग्लाइडिङका क्रममा पछिल्लो समय भएको घटनाको अध्ययन गरी निर्णय लिने प्रवक्ता निरौला बताउँछन् ।

विज्ञहरु भने प्राधिकरणको यो निर्णयलाई अपरिपक्व मान्छन् । हतारमा गरिएको यो निर्णयले आकर्षक साहसिक खेल प्याराग्लाइडिङ गर्न चाहने पर्यटकलाई निराश बनाउने उनीहरुको टिप्पणी छ । पर्यटकीय गन्तव्य पोखरामा प्याराग्लाइडिङ सुरु भएको साढे दुई दशक हाराहारी पुगेको छ । यस अवधिमा व्यवसायिक (टेन्डम) उडानमा दुई प्याराग्लाइडिङ उडान दुर्घटनामा परेका छन् र तीन जनाले ज्यान गुमाएका छन् । सोलो उडानका क्रममा भएको दुर्घटनामा भने १५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । चैत २०७७ मा नेपाली सेनाका जवान प्रशिक्षणका क्रममा सोलो उडानमा दुर्घटनामा परेका थिए । सोही वर्षको मंसिरमा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । २०७५ सालमा पनि अनुमति नलिई उडेका विदेशी सोलो पाइलटहरु दुर्घटनामा परेका थिए ।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी खेलकुदका क्रममा भएको घटनालाई लिएर समग्र व्यवसायिक उडानमाथि रोक लगाउँदा व्यवसायमा पर्नसक्ने असरको विश्लेषण नै नभएको बताउँछन् । दुई दशकको इतिहासमा दुई पाइलट र एक यात्रुले मात्र व्यवसायिक उडानमा ज्यान गुमाउनुभएको छ’, उनले भने, ‘जति पनि दुर्घटना भएका छन्, ती कि सिकारुहरुले सिक्ने क्रममा भएका छन् या त खेलकुदको क्रममा ।’ व्यवसायिक र सोलो उडानबीच तुलना गरेर उडान सुरक्षालाई विश्लेषण गर्नुपर्ने उनको जोड छ । सोलो उडानलाई नियमन गर्न जरुरी रहेको भन्दै उनले सरकारले सबै प्याराग्लाइडिङलाई एउटै नजरबाट हेर्दा थप समस्या निम्तिने बताए ।

डाँडा देख्यो कि परीक्षण !

नियमअनसार ‘प्याराग्लाइडिङ जोन’ नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्छ । पोखरासहित धरान, स्याङ्जा, फूलचौकी, लगायतका करिब एक दर्जन क्षेत्रलाई प्याराग्लाइडिङ जोन तोकिएको छ । अन्य हवाइ उडानलाई बाधा नपर्ने गरी यस्ता जोन तोकिएका हुन्छन् । सुरक्षाका दृष्टिले उपयुक्त स्थानलाई मात्रै प्याराग्लाइडिङ जोन तोक्ने नियम छ । धेरै स्थानमा हिउँदयाममा परीक्षणका रुपमा भन्दै प्याराग्लाइडिङ उडाउने गरिन्छ । यस्ता गतिविधि गर्नु अगाडि प्राधिकरणबाट अनिवार्य अनुमति लिनुपर्ने हुन्छ ।

तर, अनुमति नलिई हुने उडानमा नागरिक उड्ययन प्राधिकरणले प्रभावकारी नियमन गर्न नसकेको नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष भण्डारी बताउँछन् । अग्लो डाँडा देख्नासाथ स्थानीय तहबाट धेरै बजेट लिएर प्याराग्लाइडिङको परीक्षण उडान गराउने क्रम पछिल्ला वर्षमा चुलिएको छ । व्यवसायिक सम्भावनाबारे विचार नगरी उडानमा मात्रै केन्दि्रत भएर गरिएका यस्ता परीक्षणले खासै प्रतिफल पनि दिन सकेका छैनन् । बरु त्यसले प्याराग्लाइडिङमा सुरक्षा जोखिम बढाएको विज्ञहरुको मत छ ।

‘फेसनका रुपमा भइरहेका उडानलाई नियमन गर्नुपर्छ’, भण्डारी भन्छन्, ‘प्राधिकरणको अनुमति बिना उडेका छन् भने त्यसलाई रोक्ने हो, व्यवसायिक रुपमा हुने उडानलाई रोक्ने हैन, सुरक्षित बनाउन प्रयास गर्ने हो ।’ पोखरामा अहिले ६० वटा कम्पनीले आधिकारिक रुपमा यो व्यवसाय गरिरहेका छन् । जसमा ३५० देखि ३६० जना व्यवसायिक पाइलटले रोजगारी पाइरहेका छन् । प्रत्यक्ष/अप्रत्यक्ष सयौं मानिसले रोजगारी पाइरहेको क्षेत्रलाई अकस्मात रोक्दा भने व्यवसायी मारमा पर्ने भण्डारीको भनाइ छ ।

प्याराग्लाइडिङ पोखराको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो । उनका अनुसार पर्यटकीय सिजन सुरु हुनै लागेको यो समयमा पोखरामा दैनिक ५००/६०० मानिसले उडान सेवा लिने गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन तयारी भइरहँदा सराङकोटबाट हुने प्याराग्लाइडिङ उडानको विकल्प खोजिंदैछ । यही बेला नागरिक उड्डयन प्राधिकरणले देशभरकै उडानमा रोक लगाएपछि व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४