Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगमा दशैं बिदामा पनि कामको चाप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 2.6K
    SHARES

काठमाडाैं । नेपालीको महान पर्व बडा दशैं सुरु भएसँगै आज (आइतबार) बाट ६ दिनसम्मका लागि सबै सरकारी कार्यालय बन्द भएका छन् । तर निर्वाचन आयोगलाई भने भ्याईनभ्याई भएकाे छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे चुनावको तयारीको लागि दशैंको बिदामा पनि निर्वाचन आयोग खुला रहने भएकाे छ ।

तोकिएको मितिमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव गराउने ठूलो जिम्मेवारी आयोगको काँधमा छ । दशैंमा सबै जना आ-आफ्नो घरपरिवार आफन्तसँग बसेर रमाईलो गरिरहँदा निर्वाचन आयोगका कर्मचारीरुलाई भने भ्याईननभ्याई छ । सबै सरकारी कार्यलय सुनसान हुँदा आयोगमा भने चहलपहल देखिन्छ ।

निर्वाचन कार्यतालिका अनुसार असोज १६ गते सबै राजनीतिक दलले संशोधन गरेर समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन हो । आयोगमा आइतबार बन्दसूची बुझाउन राजनीतिक दलहरुको भीड लागेको छ । निर्वाचन कार्यतालिका अनुसार असोज २६ गते आयोगले संघीय निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाश गर्नुपर्ने हुन्छ ।

दशैं तिहार लगतै निर्वाचन गराउनुपर्ने जिम्मेवारी भएकोले दशैंको बिदामा पनि कार्यालय आउनुपर्ने बाध्यता आयोगका कर्मचारीहरुको छ। निर्वाचनका सबै महत्वपूर्ण काम दशैंकै समयमा परेकाले समयको दबाबले दशैंमा पनि कार्यालय खोल्नु परेको हो ।

यसअघि २०७०/२०७४ सालमा भएको निर्वाचनमा पनि आयोग दशैंको समयमा पनि काम गर्दै आएको छ । राजनीतिक दलले उम्मेदवारको सूची बुझाउने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बाहेक पनि निर्वाचन आयोगमा थुप्रै महत्वपूर्ण काम भइरहेको छ । आयोगका सहप्रवक्ता अर्यालले देशभरका निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना, मतपत्र छपाईको काम तीब्र गतिमा भइरहेको छ ।

सामान्य अवस्थामा कुनै काम भोलिका लागि भाका राख्ने चलनलाई सरकारी कामको उपमा दिने गरिन्छ । निष्पक्ष चुनावका लागि दशैंका दिन पनि निर्वाचन आयोगले काममा देखाएको तत्परता प्रशंसनीय छ ।

कामको चापनिर्वाचन आयोग

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४