Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ ।

सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो । उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन् । नयाँ सरकार गठन भएसँगै कर्फ्यू लगाइएको छ भने विभिन्न नाकाहरू बन्द गरिएको छ ।

त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिहरूलाई पूर्ण रूपमा बन्देज लगाइएको छ । पश्चिमी अफ्रिकी मुलुकका लागि ८ महिनामा यो दोस्रो पटक सत्ता परिवर्तन भएको हो । दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता लिएको थियो ।

त्यसलगत्तै मुलुकको सुरूक्षा व्यवस्था खलबलिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । अस्थिर सरकारको फाइदा उठाउँदै विद्रोही बुर्किना फासोले अलकयदासँग सम्बन्धित केही विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ ।

सो क्रममा भएका हिंसात्मक गतिविधि बढेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४