Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई महिनामा अन्तर्राष्ट्रिय व्यापारमा गिरावट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 7.4K
    SHARES

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौको तथ्यांकअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ७० प्रतिशतले कम हो ।

गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ थियो ।

विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा निर्यात करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

आयात र निर्यात दुवै घट्दा व्यापार घाटा भने सामान्य घटेको विभागको तथ्यांका उल्लेख छ । अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९ दशमलव ४५ प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ भएको छ । भदौसम्म धेरै आयात भएका वस्तुमध्ये डिजेल शीर्ष स्थानमा छ ।

साउन–भदौमा नेपालले १८ अर्ब ४२ करोड रुपैयाँको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोड रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड रुपैयाँको एलपी ग्यास आयात गरेको छ ।

यसैगरी सोही अवधिमा नौ अर्ब आठ करोड रुपैयाँको कच्चा भटमास तेल र सात अर्ब २७ करोड रुपैयाँको फलामजन्य उत्पादनको आयात भएको छ ।

तीन सय डलरभन्दा माथिका मोबाइल आयात प्रतिबन्ध गरिए पनि दुई महिनामै छ अर्ब १८ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ ।

निर्यात भएका प्रमुख वस्तुको सूचीमा पाम तेल, गलैंचा, भटमास तेल, फेल्ट र कालो चिया छन् । विभागका अनुसार पाँच अर्ब ६९ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ भने दुई अर्ब १३ करोड रुपैयाँको गलैंचा, एक अर्ब ९६ करोडको भटमास तेल, एक अर्ब २० करोड रुपैयाँको फेल्ट र ९० करोडको कालो चियाको निर्यात भएको छ ।

यसै अवधिमा नेपालले भारतबाट एक खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने १९ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । दोस्रो स्थानमा रहेको चीनबाट ३७ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गर्दा १२ करोड ३९ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।

त्यसपछि इन्डोनेसियाबाट आठ अर्ब ८२ करोड रुपैयाँको आयात भएको छ भने दुई करोड १४ लाख रुपैयाँ मात्र त्यहाँ निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट तीन अर्ब ९० करोड रुपैयाँको वस्तु आयात गरेको नेपालले तीन अर्ब ६१ करोडको वस्तु निर्यात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४