Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्मको प्रमोशन गर्न गएकी नायिकाको यौन उत्पीडनको सिकार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । मलयालम अभिनेत्री सानिया अय्यप्पन केरलामा फिल्म प्रमोशनका क्रममा यौन उत्पीडनको सिकार भएको बताएकी छन् ।

सानियाले बुधबार सामाजिक सञ्जालमा सो कुराको जानकारी दिदैँ उनले आफ्नो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशनका लागि कोझिकोडको हिलित मलमा गएको र त्यहाँ उनी र उनको साथी अभिनेत्री ग्रेस एन्टोनीलाई भीडमा दुर्व्यवहार गरेको बताएकी छन् ।ग्रेसले सामाजिक सञ्जालमा यस्तै पोस्ट लेखेकी छिन् र यो पोष्टलाई सानियाले पनि सेयर गरेकी छिन् । सामाजिक सञ्जालमा सानियाको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनले एक व्यक्तिलाई थप्पड हानेकी छिन् ।

सानियाले लेखेकी छिन्, ‘म र फिल्मको टोली हाम्रो नयाँ फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशन गर्न कालिकटको एउटा मलमा पुगेका थियौं । कालीकटमा प्रमोशन कार्यक्रमहरू राम्रोसँग चल्यो । हामीलाई यति धेरै माया दिनु भएकोमा धन्यवाद दिन चाहन्छु । यस कार्यक्रमको समयमा, मल धेरै भीड थियो र सुरक्षाले भीडलाई सम्हाल्न सकेन । म र मेरो एक सह-कलाकार कार्यक्रम पछि फर्कदै थियौं । यसै क्रममा केही केटाले मेरो साथीसँग दुर्व्यवहार गरे । भीडको कारण, हामीले त्यो केटालाई चिन्न सकेनौं ।’

अभिनेत्रीले थप्दै भनिन्, ‘मेरो साथीसँग दुर्व्यवहार गरेपछि मसँग पनि त्यस्तै भयो । म छक्क परें र भिडियोमा मेरो प्रतिक्रिया देख्न सक्नुहुन्छ । म प्रार्थना गर्दछु कि कसैले पनि आफ्नो जीवनमा यस प्रकारको आघातको सामना गर्नु नपरोस् । आशा छ, महिला हिंसाको यो घटनापछि यी व्यक्तिहरूलाई कारबाही हुनेछ ।’

सानियाले आफ्नो सामाजिक सञ्जाल पोस्ट गरेको भिडियो अहिले भाइरल भएको छ । उनले एक व्यक्तिलाई थप्पड हाने । यो घटना भएको हिलित मल विगतमा पनि विवादमा परेको छ ।

यस वर्ष अगस्टमा अभिनेता निर्माता टोभिनो थोमस आफ्नो फिल्म थल्लुमालाको प्रचार गर्न यस मलमा गएका थिए । उनको टोलीलाई मलमा प्रवेश गर्न रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४