Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जेरी २’को हिरोइनमा पूर्णिका सिंजापति अनुबन्धित, अनमोलसँग स्क्रिन सेयर गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी २’को प्रमुखमध्येको एक अभिनेत्रीमा पूर्णिका सिंजापति अनुबन्धित भएकी छन् ।

मोडलिङमा समेत सक्रिय रहेकी पूर्णिकाको यो डेब्यु फिल्म हुनेछ । फिल्मका दुई प्रमुख नायिकामध्ये एकको चरित्रमा पूर्णिकाले अभिनय गर्नेछिन् । निर्माता सरोज न्यौपानेले अर्की प्रमुख नायिका अनुबन्धित हुने क्रममा रहेको जानकारी दिए ।फिल्ममा दुई नायिकाको समानान्तर भूमिका हुनेछ भने दुवै जना अनमोलको अपोजिटमा हुनेछन् । निर्माता न्यौपानेले फेसबुकमार्फत अनमोल र पूर्णिकाको तस्वीर सार्वजनिक गरेका थिए । तर पूर्णिकाको अनुहारलाई स्माइली इमोजीले छोपिएको थियो । तस्वीर प्रष्ट नहुँदा धेरैले आना शर्मा वा नीति शाह हुने अनुमान गरेका थिए ।

हेमराज बीसीले निर्देशन गर्ने यो फिल्म चुनावपछि फ्लोरमा जाने तयारीमा छ । आठ वर्षअघिको फिल्म जेरीको सिक्वेलको रुपमा बन्न लागेको फिल्मको निर्माणमा न्यौपाने र रामकृष्ण श्रेष्ठले सहकार्य गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४