Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी राष्ट्रपतिको युक्रेन युद्धमा सेना परिचालन गर्ने निर्णयविरुद्ध देशव्यापी प्रदर्शन ७०० सय प्रदर्शनकारी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ९ २०७९
  • 2K
    SHARES

काठमाडौं । युक्रेनका लागि थप ३ लाख सेना परिचालन गर्ने रुसको घोषणा विरुद्ध रुसमा प्रदर्शन चर्किएको छ ।

प्रदर्शनका क्रममा ७ सय बढी प्रदर्शनकारी पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये केही युवाहरुलाई जबरजस्ती सेनाको भर्ति केन्द्रमा जान आदेश दिएको छ । युक्रेन युद्धका लागि थप सेना आवश्यक रहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार उक्त संख्यामा सैन्य परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको हो ।

प्रदर्शनकै क्रममा मस्को र सेन्टपिटर्सबर्गमा भेला भएका प्रदर्शनकारीले युद्धको विरोधमा नारा लगाउँदै पुटिनका लागि युद्धमा नहोमिने जनाएका थिए । साथै रुसले सेना परिचालन सम्बन्धि नियम उलंघन गर्ने जो कोहीलाई १० बर्ष सम्मको जेल सजाय दिने चेतावनी दिएको छ ।

रुसले ३ लाख मानिसलाई युद्धमा बोलाउन सक्ने घोषणा गरेपछि नागरिकले धमाधम देश छोडि अन्यत्र पलायन भएका छन् । नागरिकलाई सेनामा परिचालन गर्ने रुसी निर्णयसँगै आम मानिसमा आक्रोश र भए बढेको छ । यता प्रदर्शन मत्थर पार्न सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४