Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दयाहाङ र बेनुकालाई पुत्रलाभ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 2K
    SHARES

                                                            दयाहाङ इशान अस्पतालमा नर्स र शिशुसँग ।

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् ।

‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले अनलाइनखबरसँग भने, ‘निकै खुसी छु । सुटिङबाट भर्खर अस्पताल आएको हुँ । केही समय यतै रहनेछु ।’

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा छन् ।

२०६५ सालमा दयाहाङ र बेनुकाले विवाह गरेका थिए भने २०६९ सालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्माएका थिए । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।दयाहाङ भने अभिनय करिअरमा व्यस्त छन् । दयाहाङ अभिनित फिल्म ‘दुई नम्बरी’ असोज २१ गते रिलिजको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४