Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेन युद्ध छल्नका लागि हजारौं रुसी नागरिक देश छाड्न आतुर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् ।

जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याउनुभएको थियो । हातमा पासपोर्ट बोकेका पुरुषहरुले सरकारले आफूहरुलाई पक्कै पनि युद्धमा धकेल्छ भन्ने लागेर देश छाड्न चाहेको बताएका छन् ।

त्यस्तो लाइन ५ किलोमिटर लामो रहेको दावी गरिएको छ । जर्जिया प्रवेश गर्न रुसी नागरिकहरुलाई भिसाको आवश्यकता नपर्ने भएकाले उनीहरु आफूसँग जे छ त्यही बोकेर सीमानामा पुगेको जनाइएकाे छ । ट्रकहरुदेखि साना गाडीको समेत लाइन लागेका छन् । फिनल्याण्डको सीमा क्षेत्रमा पनि लामो लाइन रहेको छ ।

तर फिनल्याण्ड प्रवेश गर्न भिसा चाहिने भएकाले सजिलो छैन् । त्यस्तै हवाई उडानबाट इस्तानबुल, बेलग्रेड तथा दुबई जान चाहनेहरु पनि उत्तिकै रहेको छ । ती शहरहरुमा जाने हवाई टिकटको भाउ ह्वात्तै बढेको छ । उता, जर्मनीको गृह मन्त्रालयले देश छाडेर आउने रुसी नागरिकहरुलाई स्वागत गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४