Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोर्नोग्राफी मुद्दामा राज कुन्द्राले पहिलो पटक तोडे मौनता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 5.9K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति तथा अद्योगपति राज कुन्द्राले पोर्नोग्राफी मुद्दामा पहिलो पटक मौनता तोडेका छन् ।

जब कुन्द्रको नाम पोर्नोग्राफी मुद्दामा जोडीयो तब यो घटनाले राज कुन्द्राको पूरै जीवन परिवर्तन गरिदियो । अब कुन्द्राले यस विषयमा सामाजिक सञ्जाल मार्फत केही बोलेका छन् ।

भारतीय सञ्चार माधमका अनुसार उनले बिहीबार ट्वीट गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘आर्थर रोड जेलबाट रिहा भएको आज एक वर्ष पूरा भएको छ, छिट्टै सत्य बाहिर आउनेछ ।’ यस ट्वीट मार्फत कुन्द्रले आफुनो प्रसंशक र आलोचक दुवैलाई धन्यवाद दिएका छन् । कुन्द्राले यो ट्विटसँगै आफ्नो एक तस्वीर पनि सार्वजनिक गरेका छन् । उक्त तस्वीर मार्फत पूरा विषयवस्तु थाहा नभए सम्म केही नबोल्न आग्रह गरेका छन् ।

गत महिना कुन्द्राले यस मुद्दाबाट आफ्नो नाम हटाएर आरोपबाट सफाइ दिनुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । तर, दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण छ भन्दै अभियोजन पक्षले कुन्द्राको निवेदन माथि विरोध गरेको थियो ।

गत वर्ष मुम्बई प्रहरीको अपराध शाखाले कुन्द्रालाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । कुन्द्राको नाम त्यतिबेला चर्चामा समेत आएको थियो । जब केही मोडल र संघर्षरत अभिनेत्रीले उनलाई जबरजस्ती पोर्न फिल्ममा काम गर्न लगाइएको आरोप समेत लगाएका थिए । त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा परिसरमा छापा मारेर कुन्द्रालाई पक्राउ गरेको थियो ।

पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेपछि कुन्द्रालाई २ महिना जेलमा समेत राखेको थियो । लामो अदालती कारबाहीका कारण कुन्द्राले सेप्टेम्बर २०२१ मा मुम्बई अदालतबाट जमानत पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४