Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज ६ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 3.7K
    SHARES

पञ्चाङ्ग
वि.सं. असोज ०६, २०७९ । ई.सं. २२ अक्टाेबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ ञलगा । नल दक्षिणायन शरद । बिहीबार आश्विन कृष्णपक्ष । तिथि- द्वादशी, २४:२८ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- अश्लेषा, २६:३३ बजे उप्रान्त मघा । योग- शिव, ११:१८ बजे उप्रान्त सिद्ध । करण- कौलव ११:३७ बजेदेखि तैतिल, २४:२८ बजे उप्रान्त भद्रा । चन्द्रराशि कर्कट । आनन्दादि योग अमृत । दिनमान ३०।१७ । सूर्योदय ५:५२ । सूर्यास्त १७:५९ । द्वादशीश्राद्ध ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। लेनदेनमा होसियार रहनुहोला। काम पूर्ण नभए पनि मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा आंशिक लाभ हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले आफ्नाे स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसर खोज्न लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेत परे पनि तत्काल काम पूर्ण नहुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको आम्दानी प्राप्त हुनाले समस्या टर्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने हुन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। जिम्मेवारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामकाे प्रतिफल हातपार्न केही समय लाग्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तर आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयमै सावधान हुँदा क्षति कम हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। प्रतिस्पर्धामा आफ्नाे उपलब्धि कमजाेर रहला। काम राेकिनाले दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। नियमित कामबाट सामान्य लाभ भइरहनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ। शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउने चेष्टा गर्न सक्छन्। अरूको हस्तक्षेपले कालान्तरमा आफैंलाई फाइदा पुग्नेछ। प्रयत्न गर्दा बिस्तारै चिताएका काम पनि सम्पादन हुनेछन्। सानाे सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४