Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज १८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०८३
  • 950
    SHARES

आजको पञ्चाङ्ग र राशिफल

वि.सं. असोज १८, २०८३ । इ.सन् 04 Oct, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (ञलगा) रौद्र संवत्सर दक्षिणायन शरद ऋतु । आइतवार आश्विन कृष्णपक्ष तिथि अष्टमी, ०७:२९ बजेपछि नवमी, २९:०८ बजेउप्रान्त दशमी। नक्षत्र पुनर्वशु, २६:३० बजेपछि तिष्य । योग परिघ, १५:५० बजेपछि शिव । करण कौलव, ०७:२९ बजेपछि तैतिल, १८:१८ देखि गर, २९:०८ बजेउप्रान्त भद्रा । चन्द्रराशि मिथुन । योग (आनन्दादि) ध्वज । दिनमान ११:४७ । सूर्योदय ०५:५८ । सूर्यास्त १७:४५ दिन विशेष : जितिया पर्व, जीवत्पुत्रिकाव्रत, नवमीश्राद्ध, मातृनवमी श्राद्ध ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले समेत दाबी–विरोध गर्न सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ। कामको चापले पनि केही तनाव बढाउन सक्छ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरि बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। उद्याेग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४