Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ २९ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २९ २०७९
  • 2.6K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ २९, २०७९ । ई.सं. १४ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बुधबार आश्विन कृष्णपक्ष । तिथि- चतुर्थी, १२:२४ बजे उप्रान्त पञ्चमी । नक्षत्र- अश्विनी, ९:५८ बजे उप्रान्त भरणी । योग- ध्रुव, १०:११ बजे उप्रान्त व्याघात । करण- वालव १२:२४ बजेदेखि कौलव, २४:३१ बजे उप्रान्त वणिज । चन्द्रराशि मेष । आनन्दादि योग मृत्यु । दिनमान ३०।४९ । सूर्योदय ५:४९ । सूर्यास्त १८:०८ । पञ्चमीश्राद्ध, बाल दिवस, इन्द्रध्वजपातन, नानीचाया ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भैपरी आउने समस्याले फजुल खर्च बढाउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। जिम्मेवारी समेत बढ्नेछ। तर हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। घरेलु कामकाजमा भने बाधा पुग्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लाेकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयमा समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। रमाइला ठाउँकाे भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेत गर्दा छोटो समयमा पनि फाइदा उठाउन सकिनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। वादविवादबाट भने अलि टाढै रहनुहाेला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। व्यापार बढ्नेछ। केही खर्च लागे पनि यात्राको अवसर प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समय केही असहज बन्नाले सामान्य कामलाई पनि धेरै मिहिनेत गर्नुपर्ला। साइनाे गाँस्नेहरूले अरूका काममा फसाउन सक्छन्। मिहिनेतअनुसार लाभांश कम मात्र प्राप्त हुनेछ। इष्टमित्र र शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध बनाइराख्नुहाेला। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। परिवारमा पनि असमझदारी देखापर्ने समय छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तीखाे वाणीले लाेकप्रियता गुम्न सक्छ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। तापनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४