Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘गुडबाइ’ को ट्रेलर सार्वजनिक,रश्मिकाको बलिउडमा डेब्यू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २२ २०७९
  • 3.3K
    SHARES

एजेन्सी । भारतीय पारिवारिक चलचित्र ‘गुडबाइ’ को ट्रेलर सार्वजनिक भएको छ ।

अमिताभ बच्चन, नीना गुप्ता र रश्मिका मन्डन्ना अभिनित फिल्म गुडबायको बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको हो ।सामाजिक सञ्जालमा ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । यसको कथा सुन्दर र मन छुने रहेको भारतीय संचार माध्यमले जनाएका छन् । अमिताभ बच्चनले रश्मिका मन्डन्नाको बुवाको भूमिका निभाएका छन् । रश्मिका ‘गुडबाइ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म आगामी अक्टोबर ७ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

यो फिल्म उत्तर र दक्षिण भारतका दर्शकका लागि पनि विशेष रहेको जनाइएको छ । किनभने गुडबाइबाट दक्षिण भारतीय अभिनेत्री रश्मिकाले बलिउडमा डेब्यू गर्दैछिन् । फिल्ममा पारिवारिक सम्बन्ध देखाइएको छ । फिल्मको कथामा भावना, कमेडी र ड्रामा सबै कुरा छन्। ट्रेलरमा रश्मिका र अमिताभ बीचको नोकझोंक हेर्नै पर्ने रहेको छ । कमेडियन सुनिल ग्रोवर पनि यो फिल्मको दृश्यमा छन् । उनी थोरै दृश्यहरूमा देखिएका भएपनि प्रस्तुती उत्कृष्ट छ । चलचित्रको कथामा नयाँपन रहेकोले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । आमा (नीना गुप्ता) को मृत्यु पछि उनको अन्त्येष्टिप्रति परिवारका सदस्य श्यापेको विभिन्न दृष्टिकोण र तरिका देखाउँदै यो चलचित्रले परिवारको महत्व पनि दर्शाएको छ । अमिताभले रश्मिकाको बुवाको भूमिका निभाएका छन् । नीना आमाको भूमिकामा छिन् । फिल्ममा पावेल गुलाटी, अभिषेक खान, साहिल मेहता, पायल थापा लगायतले अभिनय गरेका छन् ।

चलचित्रको ट्रेलर हेरेपछि भारतीय दर्शकहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४