Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रेमगीत ३’का नेपाली र हिन्दी भाषाका थप दुई गीत रिलिज


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २१ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । असोज ७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् ।

हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।

नेपाली संस्करणको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियो एउटै छ । दुवै रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङमा छायांकन गरिएको चिसोयामको दृश्यमा हिमाली ल्यान्डस्केप मनोहर देखिन्छ ।

दशैं छेकोमा फिल्म नेपाल र भारतसहित अन्य मुलुकमा समेत प्रदर्शन हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मले राजनीति र प्रेमको रस्साकस्सीको कथा पेश गर्छ ।

प्रेमगीत ३ को गीत ‘हर युग होस्’

प्रेमगीत ३ को हिन्दी गीत ‘तुम प्यार हो’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४