Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेक्सिकोकी पूर्वसुन्दरी १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरेकाे आरोपमा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । मेक्सिकोकी पूर्वसुन्दरीले १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरी गरेको आरोपमा पक्राउ परेकी छन् ।

उनी र उनका एक जना रोमानियाली–डच सहयोगीलाई वाइन बोतलहरू चोरी गरेको अभियोगमा क्रोसियामा पक्राउ गरिएको हो। विगत ९ महिनादेखि उनीहरूलाई प्रहरीले युरोपभरी निगरानीमा राखेको थियो ।

उनीहरूले सन् २०२१ अक्टोबर २७ मा पश्चिमी शहर क्यासेरेसमा १९ औँ शताब्दीको ३ लाख १० हजार युरो पर्ने एक वाइन बोतल लगायत १६ लाख ५० हजार युरो पर्ने अन्य ४५ बोतल वाइन चोरेको आरोप पनि लागेको छ ।

निकै होसियारीपूर्वक प्रसिद्ध होटेल रेस्टुरेन्ट एल एट्रियोबाट ती वाइनका बोतल चोरिएका हुन् । प्रहरीका अनुसार २९ वर्षीया मेक्सिकन महिलाले सोही होटेलका वेटरहरूलाई अन्य काममा अलमल्याएर वाइन चोर्न सफल भएकी थिइन् ।

उनका ४७ वर्षीय सहयोगीले मूख्य साँचो प्रयोग गरी वाइन राखिएको दराज खोलेर वाइन चोरी गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४