Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महजोडीको फिल्म ‘महापुरुष’ अमेरिकामा नियमित शोमै प्रदर्शन हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १९ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आगामी कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको उक्त चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पुर्वका देशहरूमा एक साथ रिलिज हुने भएको छ ।

यी मध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग रेगुलर शोको चाँजोपाँजो मिलेको छ । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् ।

५ सदस्य मिलेर संचालनमा ल्याएको एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शो र एकै सर्भर मार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

निर्देशक भट्टराईका अघिल्ला सिनेमाले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताएका छन् । ‘अस्ट्रेलियाका बिभिन्न शहरमा सिनेमाको शो गर्दैछौँ । नेपालमा जस्तै रेगुलर शोमा प्रदर्शन हुनेछ । रेगुलर शो आयोजना गर्दा दर्शकले आफ्नो समय हेरेर पायक पर्ने ठाउँमा सिनेमा हेर्न पाउनु हुनेछ ।’ प्रतिनिधिले भने ।

अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका सिनेमाले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए । ‘हामीले यहाँ विभिन्न शोहरू आयोजना गरिसकेका छौँ । उहाँहरूको सिनेमाले दर्शकलाई कहिले निराश बनाएको छैन । त्यसैले हामीले राइट्स ढुक्क भएर खरिद गरेका हौँ’ सुवेदीले भने ।

रेगुलर शोमा सिनेमा देखाउने भएपछी आफुले वितरण कम्पनिसँग सहकार्य गरेको निर्माता बानियाँले बताए । ‘जसरि सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पुरा भएको छ । अब दर्शकले अन्य विदेशी सिनेमा झैँ आफ्नो अनुकुल समयमा हेर्न पाउनु हुनेछ ।’ बानियाँले भने ।

अमेरिकामा नेपालमा रिलिज भएकै दिन ३० शोको हारहारीमा सिनेमा प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५० ५० लाखमा बिक्रि भएको हो ।

सामाजिक कथाबस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४