Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १९ २०७९
  • 2K
    SHARES

काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ ।

फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने उनले बताए ।

गत भदौ १० गते रिलिज भएको फिल्मले हलमा राम्रो शो नदिएर अन्याय गरेको भन्दै गत मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको थियो । ‘राधा’सँगै प्रदीप खड्का स्टारर ‘प्रकाश’ र तेलुगू फिल्म लाइगर पनि प्रदर्शनमा आएका थिए । यी दुवै फिल्म अहिले हलमा लागिरहेका छन् । ‘लाइगर’लाई उच्च शो दिएर आफ्नो फिल्मलाई कम दिएको भन्दै ‘प्रकाश’ले विरोध जनाएपछि यो फिल्मले भने राम्रै शो पाइरहेको छ ।

अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको ‘राधा’ हराएका पति खोज्न एकल आमाले गरेको संघर्षको कथा प्रस्तुत गर्छ । फिल्मको केन्द्रीय भूमिकामा सृष्टि श्रेष्ठ छिन् भने दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, मेनुका प्रधान र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।प्रदर्शन रोकिएको दिनसम्म फिल्मले १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४