Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १८ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार अबेर राति भएको विस्फोटमा परेर तालिवान समर्थक उच्च तहका अधिकारीहरुको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मस्जिद परिसरमा रहेका विभत्स तस्विरहरु सामाजिक सञ्जालमा देखिएसँग विस्फोटमा धेरै हताहती भएको आशंका गरिएको छ ।

हेरात प्रान्तका गभर्नर हेमदुल्लाह मोतावाकलले विस्फोटमा १८ जनाको मृत्यु भएको बताउनुभयो । यस्तै २३ जना गम्भीर घाइते भएको बताइएपनि सो संख्याबारे अझै पुष्टि हुन नसकेको बताइएको छ ।

विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको त्यहाँको सरकारले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले आफ्नै हातमा चुम्बन गर्दै आत्मघाती विस्फोट गराएका थिए ।

विस्फोटमा धार्मिक नेता मुजिब रहमान अन्सारी मारिएको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनुभयो ।

विस्फोटमा मारिएका धार्मिक अन्सारीले गत महिना भएको कार्यक्रममा तालिवानीहरुको पक्षमा खुलेर समर्थन गरेको बताइएको छ । सोही समयदेखि अन्सारीको हत्याको योजना बनाइएको हुन सक्ने तालिवानीहरुले आशंका गरेका छन् ।

काबुलको एक मदरसामा धार्मिक गुरु रहिमुल्लाह हक्कानीको आत्मघाती हमलामा मृत्यु भएको एक महिना नबित्दै अन्सारीको हत्या भएको हो ।

एक वर्षअघि सत्ता हातामा लिएसँग तालिवानीहरुले देशको सुरक्षा अवस्था बलियो रहेको दाबी गर्दै आएका छन् । तर, पछिल्ला महिनाहरुमा अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोटका घटनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४