Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङलाई १५५ रनले हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १८ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । पाकिस्तान युएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले हरायो ।

यसअघि भारतसँग पराजित भएको पाकिस्तान एक खेल जितेपछि समूह ए को उपविजेता बन्दै सुफर फोरमा पुगेको हो । यसअघि भारत दुवै खेल जितेर सुफर फोरमा पुगिसकेको छ । दुवै खेलमा पराजित हङकङ समूह चरणबाटै बाहिरिएको छ ।

पाकिस्तानी स्पीनरले उत्कृष्ट बलिङ गरेपछि १९४ रनको लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमै जम्मा ३८ रनमा अलआउट भयो । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

कप्तान तथा ओपनर निजाकट खानले बनाएको ८ रननै हङकङका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो । १६ रनमा पहिलो विकेट गुमाएको हङकङ त्यसपछि सम्हालिन सकेन ।

पाकिस्तानका लागि स्पीनरद्वय शादब खान र मोहमद नजाव मिलेर ७ विकेट लिए ।

शादबले सर्वाधिक ४ र नवाजले ३ विकेट लिए । फास्ट बलर नासिम शाहले २ र शहनावाज दाहनीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले अविजित ७८ रन बनाए । उनले ५७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । फकर जमानले ५३ रन बनाए । खुशदिल शाहले १५ बल खेल्दै ५ छक्का मद्दतमा अविजित ३५ रन बनाए । उनले अन्तिम ओभरमा चार छक्का प्रहार गरेका थिए । हङकङका लागि दुवै विकेट एहशान खानले लिए ।

एसिया कपको सुपर फोरमा समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट अफगानिस्तान र श्रीलंका पुगेका छन् । सुपर फोरको पहिलो खेल शनिबार अफगानिस्तान र श्रीलंकाबीच हुनेछ ।

सुपर फोरमा चार टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४