Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा र ओलीबीच भेटवार्ता, राजनीतिमा तरंग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनभित्र खटपट चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताले राजनीतिमा तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसंग ४ बुँदे सवाल राख्नुभएको छ । विकसित राजनीतिक घटनाक्रमासंगै ६ महिनापछि देउवा र ओलीबीचको झण्डै २ घण्टा लामो भेटवार्ताले महत्वपूर्ण राजनीतिक अर्थ राख्ने विश्लेषण गरिएको छ ।

सर्वोच्च अदालतको आदेशबाट गठन भएको देउवा नेतृत्वको परमादेशी सरकार रहेसम्म बालुवाटार नजाने सार्वजनिक अभिव्यक्ति दिएयता प्रधानमन्त्रीको आमन्त्रणलाई स्वीकार गर्दै एमाले अध्यक्ष ओली बालुवाटार जानुभएको यो दोस्रो पटक हो । सरकारले चुनावको मिति घोषणा गर्ने बेला परामर्श नलिएको गुनासो गर्दै आएको विपक्षी दल एमालेसंग चुनावको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री देउवाले गरेको संवाद राजनीतिक रुपले अर्थपूर्ण देखिन्छ ।

अर्कोतिर सत्तारुढ दलहरुबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा विवाद भईरहेको बेला प्रधानमन्त्रीले विपक्षीसंग गर्नुभएको सम्वादले थप बहस उत्पन्न भएको छ । प्रधानमन्त्रीसंगको भेटवार्ताअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसंग छलफल गर्नुभएको थियो । देउवा र ओलीबीच राजनीतिक घटनाक्रका विषयमा पनि छलफल हुनुले राजनीतिमा बहुआयामिक अर्थ दिएको छ ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले आसन्न निर्वाचनमा इच्छुक दलहरुसंग चुनावी तालमेल गर्न खुल्ला रहने निर्णय गरिरहेको सन्दर्भमा सत्तारुढ गठबन्धनमा आबद्ध वाम दलहरु गठबन्धनभित्रै उपगठबन्धन बनाएर नेपाली कांग्रेसलाई कस्ने रणनीति अख्तियार गरिरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्ने विषयमा सत्तागठबन्धनका दलहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

अर्कोतिर नेपाली कांग्रेसभित्रै आफूलाई खुम्च्याएर गठबन्धनका दलहरुलाई बढी सिट दिन नहुने भन्दै नेतृत्वमाथि तीब्र दवाव सृजना गरिरहेको छ । सत्तागठबन्धनभित्र रहेको अविश्वासको परिणाम देउवा र ओलीबीच भेटवार्ताको अवसर जुटेको बुझाई छ । प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको संवादले राजनीतिमा के परिणाम ल्याउला त्यो त आगामी दिनले देखाउने छ । तर,चुनावको मिति नजिकिँदै जाँदा सत्ता र स्वार्थ केन्द्रित राजनीतिमा यस प्रकारका घटना थप देखिँदै जाने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४