Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी र समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

सोमबार बिहान हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

छलफलमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादीको तर्फबाट महासचिव वेदुराम भुषाल लगायत नेताहरु पनि सहभागी थिए । दुई पार्टीको एकता निर्वाचनअघि नै गर्ने कि पछि भन्नेमा छलफल केन्द्रित रहेको बताइएको छ ।

त्यस्तै, माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । गौतम नेकपा ब्युताउने वा समाजवादी केन्द्र बनाउने कुरामा सहमत भएको र भट्टराईको हकमा केही शर्त रहने विषयमा पनि छलफल भएको छ ।

दुई नेताहरुका बीचमा निर्वाचनअघि एकता संयोजन समिति बनाउने र त्यसमार्फत् वार्ता अघि बढाउने सहमति भएको बताइएको छ । छिट्टै गौतम र भट्टराईसँग छलफल गरेर दुवै पार्टीका नेताहरु रहने समिति बन्ने छ ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा साझा घोषणापत्र बनाएर जाने विषयमा दुई नेताबीच सहमति भएको छ। २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४