काठमाडौं । जिल्ला निर्वाचन कार्यालय रामेछापले स्थानीय तहको निर्वाचनमा भएको भएको खर्च विवरण नबुझाउने उम्मेदवार र निर्वाचित जनप्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ ।
कार्यालयले पटक पटक निर्वाचनको खर्च वितरण बुझाउन गरेको आग्रहलाई अटेर गरेपछि वितरण नबुझाउनेहरुको नाम सार्वजनिक गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको विवरणमा अधिकाशं जनप्रतिनिधिहरुले निर्वाचन खर्च बुझाएका छैनन् । स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी १२ सय ५९ जनाले उम्मेदवारी दिएका थिए ।
आठ स्थानीय तहका प्रमुख उपप्रमुख र ६४ वटा वडामा गरी ३३६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।