Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ ।

अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको सुटिङ पूरा गरिसकेका छन् । ‘सर्कस’ मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।

भर्खरै छायांकन सकिएको फिल्मको प्रि क्लाइमेक्स पार्ट थियो । जसमा अभिनेता रणवीरले सर्कसको स्टेजमा जादूगरको भूमिका निभाएका छन् । रणवीर बाहेक फिल्ममा अन्तर्राष्ट्रिय कलाकार साइक्लर, जुगलर, जोकरको पनि अभिनय रहेको छ ।

निर्देशक शेट्टीले फिल्ममा वास्तविक जीवनका सर्कस जिमनास्टहरूलाई फिल्ममा लिएका छन् । यो फिल्म आगामी डिसेम्बर २३ मा क्रिसमसको दिन पारेर रिलिज हुने निर्माण पक्षले बताएको छ ।फिल्म ‘सर्कस’ मा रणवीर दोहोरो भूमिका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।रणवीरले हालै गरेको नग्न फोटोसुटका कारण उनी कानुनी कारबाहीमा परिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४