Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कांग्रेसको बैठक सम्पन्नस् उपसभपती थोकरको पद कार्कीलाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 11.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिती रामेछापको बैठक मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सभापती पुर्णबहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा बसेको बैठकले उपसभापती नवराज थोकर र जिल्ला कार्यसमिती कमल प्रकाश सुनुवारको बिभागिय समितिको संयोजक पद खोसिएको छ ।


बुधवार पार्टी प्रबक्ता नारायण बहादुर बोगटिले जारी गरेको प्रेस बिज्ञप्तीमा उप सभापति थोकरलाई र जिल्ला कार्य समिति सदस्य कमल प्रकाश सुनुवारलाई यस अघि क्रमश जिल्ला प्रशिक्षण समिति र अनुशासन समितिकोको संयोजकमा मनोनयन गरिएको भएपनि निजहरुले हाल सम्म पनि उक्त समितिलाई पूर्णता दिन नसकेको र पटक पटकको जिल्ला कार्यसमितिको बैठकलाई बहिस्कार गरेको भन्दै उनीहरुको पद खोसिएको जनाइएको छ ।


उक्त पदहरुमा बिधान अनुसार प्रशिक्षण बिभागको संयोजकमा अर्का उप सभापति लेख बहादुर कार्की र अनुशासन बिभागको संयोजकमा केशर बहादुर मगरलाई मनोनयन गरिएको पनि जनाइएको छ ।


बैठकले यस अघि गठन गरेको जिल्ला कार्य सम्पादन समिति पनि भंग गरी नारायण बहादुर बोगटिको संयोजकत्वमा चिना खड्का कार्की, कमान खड्का, बिमला कार्की र सन्जीव बि.क.लाई मनोनयन गर्ने समेत निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४