Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संस्थागत निक्षेपको ब्याजदरमा कडाइ व्यक्तिगत मुद्दती निक्षेप भन्दा २ प्रतिशत कम ब्याज पाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १८ २०७९
  • 4.6K
    SHARES

बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्पतीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्पतीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार चालु आवका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यसअघि सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने वयवस्था थियो ।

यस्तै केन्द्रीय बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरुले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको छ । अन्यथा निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी मुद्रामा मात्रै आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्वप्रकाशित गरिसक्नुपर्ने व्यवस्थामा अब विदेशी मुद्राको निक्षेपमा पनि लागू हुने व्यवस्था गरेको छ ।

यस्तै बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । यसअघि प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बढी ब्याज दिन सक्ने व्यवस्थामा केही खुकुलो बनाउँदै बोलकबोलका लागि ०.५ प्रतिशतको स्पेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४