Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । फिल्ममा सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ । यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन् ।

फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगञ्ज’को लेखक परिच्छेद आफैं हुन् ।

सञ्जय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्मलाई भदौ ३ गते बाट प्रदर्शनमा ल्याइने छ ।

ट्रेलर :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४