Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुम्बुमा तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 8.9K
    SHARES

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आगामी भदौ महिना तेस्रो ‘ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप’ प्रतियोगिता हुने भएको छ ।

प्रथम गाउँपालिका अध्यक्ष स्वर्गीय ङिमदोर्जी शेर्पाको सम्झनामा तेस्रो स्मृति गोल्ड कप अन्तर्गत पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हुने प्रतियोगिता आगामी भदौ ९ गतेदेखि सुरु भएर ११ गते सकिने आयोजक नाम्चे युवा समूहले जनाएको छ ।

पालिकाभित्रका युवा समूह-क्लब-वडा-विद्यालय र सामुदायिक वन लगायतले प्रतियोगितामा सहभागी जनाउन सक्ने खेल संयाेजक लामाकाजी शेर्पाले बताउनुभयो । प्रथम स्थान ओगट्न सफल टिमलाई ५ लाख रुपैयाँ बराबरको गोल्ड कपको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने भएकाे छ ।

त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० र ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस प्रथम हुने टिमले प्राप्त गर्ने गोल्ड कप अर्को वर्ष प्रतियोगिता आयोजना गर्ने संस्थाले ५ लाख रुपियाँमा सोही कप खरिद गर्ने संयोजक शेर्पाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४