Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू-२० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ११ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ ।

श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं । श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।’

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् ।

आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४