Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ९ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याए ।

खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, वागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भए ।

यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी,  समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस/आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । 

भने प्रेस युनियनको अन्य विवरण आउँन बाकी नै छ …….

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४