Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाकालीन बहुमत सचिवालय सदस्यहरूकाे बैठकपछि प्रचण्डले भने- गठबन्धनविरुद्ध याेजना बनाएका हाेइनाैँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३ २०७९
  • 3.6K
    SHARES

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष एवम् नेकपाकालीन सचिवालयका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान पाँचदलीय गठबन्धनलाई कायमै राखेर लाने कुरामा दुईमत नभएकाे बताएका छन् ।

मंगलबार साँझ सिंहदरबारस्थित माओवादी केन्द्रकाे संसदीय दलकाे बैठककक्षमा बसेकाे नेकपाकालीन बहुमत सचिवालय सदस्यहरूकाे बैठकपछि उनले सतर्क हुँदै यस्ताे बताएका हुन् । उनले भने -वर्तमान गठबन्धन कायम राखेरै जानुपर्छ भन्नेमा त हामी सहमत नै छाैँ । गठबन्धनविरुद्ध याेजना बनाइएकाे हाेइन ।

बैठकमा विचार मिल्नेहरूसँग एकताबद्ध हुनेबारे पनि छलफल भएकाे प्रचण्डले सुनाए । ‘हामी त नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू हाैँ । त्यसमा विचार मिल्नेहरूसँग मिलेर जाने भन्नेबारे कुरा पनि भयाे । तर याे गठबन्धनविरुद्धचाहिँ भनिएकाे हाेइन है,’ उनले भनेका छन् ।

बैठकमा नेकपाकालीन सचिवालय सचिवालय सदस्यहरू प्रचण्डसँगै माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतम थिए । याे उनीहरूकाे दाेस्राे बैठक हाे । यसअघि पनि यी नेताहरूबीच छलफल भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४