Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को नाम : ‘कौशिकी’ले सबैलाई समेट्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २ २०७९
  • 5.4K
    SHARES

विराटनगर । प्रदेश १ को नाम कौशिकी प्रदेश राख्न माग गर्दै जगतगुरु बालसन्त महाराजले मुख्यमन्त्री र प्रदेशसभाका सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश नै उपयुक्त हुने भन्दै हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

नेपालका प्रथम जगतगुरु मोहनशरणदेव बालसन्त महाराजको नेतृत्वमा प्रदेश १ का विभिन्न जिल्लाहरूबाट सहभागी भएका व्यक्तिहरूले सरकारका मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सभामुखलाई ज्ञापनपत्र बुझाउँदै जगत्गुरु बालसन्त महाराजले कौशिकी प्रदेश नाम हुनुपर्ने कारण र प्रमाणहरू रहेको बताए । ‘विश्वकै मानव सभ्यताको केन्द्र बिन्दु नै कौशिकी तटलाई मानिन्छ, उनले भने, जसरी सिन्धु सभ्यता गङ्गा र सतजलको सभ्यता कर्णाली, गण्डकी सभ्यता अत्यन्तै प्राचीन सभ्यताका प्रतीक हुन् ।’

उत्तर पूर्वीय सामुन्द्रिक तटबाट आएका किरातेश्वर महादेवका सन्तति किरातवंशीहरु र पश्चिमी समुन्द्रतटबाट विकसित हुँदै पूर्वीय धर्तीतिर आएका आर्य जातीहरू दुवैको मिलन बिन्दु भएको ठाउँ नै कौशिकी तट रहेको ग्रन्न्थहरुमा रहेको उनले बताए । धेरै थरी जातिका मानिसहरूको एकताको रूपमा जोड्ने काम नै कौशिकी नदी तट भएकोले कौशिकी प्रदेशले सबैलाई समेट्ने दाबी गरिएको छ ।

किराँत र आर्य दुवै थरी (कोशी) किनारमा आइ टुङ्गिएको र अरुण उपत्यकालाई आफ्नो कर्मथलो बनाइ त्यसै कौशिकी सभ्यतालाई अपनाएर लामो समयदेखि एकताको भूमिका निर्वाह गर्दै सबै राई, लिम्बू, मगर, गुरुङ, मधेशी, जनजाति, थारु, चौधरी, दलित, क्षेत्री, ब्राहमण साथै सबैको साझा धरोहरका रूपमा कौशिकी नदी भएको र त्यसैलाई आधार बनाएर समाज आजसम्म जीवन्त रहेको प्रमाण सहित ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४