Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनले भारतीय चलखेल बढाएकाे एमाले महासचिव पोखरेलको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाउनुभएकाे छ ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमण त्यसकै उदाहरण भएको समेत दावी गर्नुभएको हाे । पोखरामा आज (आइतबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउन भनेर नेताहरू दिल्ली भ्रमणमा गएकाे बताउनुभयाे ।

उहाँले नेपालको राजनीतिक विषयमा बाहिर बसेर छलफल गर्नु राष्ट्रियहित र स्वाधिनताका लागि लाचारी भएको टिप्पणी समेत गर्नुभयो । उहाँले विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा भारतीय प्रतिनिधि रहने गरेको स्मरण समेत गर्नुभयाे। उहाँले सत्ता गठबन्धनले अहिले पनि त्यस्तै गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजस्वका दर हेरफेर गर्ने सल्लाहकारका रुपमा मन्त्रालयमा ल्याएको उहाँकाे भनाइ छ । उहाँले अर्थतन्त्र जस्तो संवेदनशील विषयमा त्यस्ता व्यक्ति सहभागी गर्दा राष्ट्रको शिर झुकेको समेत बताउनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४